भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म कालो छु / आहुति

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म कालो छु तर म अध्यारो होइन
अध्यारोको त कुनै रङ्गै हुँदैन
म रंगीन छु रंगहीन होइन
अध्यारोको त कुनै रङ्गै हुँदैन !
कालो छु वर्षा यामको बादल जस्तै
अझै त्योभन्दा गाढा गाढा
कालो छु शीरको तिम्रो केस जस्तै
अझै त्योभन्दा गाढा गाढा
उज्यालोमा भागिजाने म त्यो अध्यारो हुँदै होइन
रंगीन हुँ म रंगीन म कालो रंगको रंगीन !
म कालो छु तर म अध्यारो हुँदै होइन ।
तिमी गोरो छौ मेरा चम्किला दाँत जस्तै
अझै त्योभन्दा फिका फिका
गोरो छौ टल्किरहेको ढुंगा जस्तै
अझै त्योभन्दा फिका फिका
अध्यारोमा हराइजाने तिम्रो रंग उज्यालो हुँदै होइन
रंगीन हौ केवल रंगीन तिमी गोरो रंगको
रंगीन !
तिमी गोरो छौ तर उज्यालो हुँदै होइन ।
म कालो छु……….