भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"यमुनाको चिता / केदारमान व्यथित" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=केदारमान व्यथित |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 54: पंक्ति 54:
 
आजादीको मूर्त कहानी !
 
आजादीको मूर्त कहानी !
  
('पद्य संग्रह' बाट)
+
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक  [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)
  
 
</poem>
 
</poem>

16:35, 9 जुलाई 2018 के समय का अवतरण


हेर, जलेको भारतको
आजादीको मूर्त कहानी !

दन्‌दन् दिनको तिमिरविनाशक
कथा जलेझैं सान्ध्य-चितामा
अवनी, अम्बर टुहुरा पारी
निष्ठुरताको काल-चितामा
हेर, जलेको भारतको
आजादीकी मूर्त कहानी !

भारतसँग गुनको सिरपाउ
थापी प्राण-विनाशक गोली
दिवस-कथाले सन्ध्याको झैं
सुन्दै जगको मंगल रोली
हेर, जलेको भारतको
आजादीको मूर्त कहानी !

खूनीको अपराध क्षमाको
गर्दै ईश्वरसँग अनुरोध
ईशाले झैं छाडी जगमा
अमर "अहिंसात्मक प्रतिरोध"
हेर, जलेको भारतको
आजादीको मूर्त कहानी !

उड्दै गिर्दै भाव नदी झैं
करुणा मुखरित तट-वर पिटदै
रोइरहेको यमुनालई
त्यो दिवस-कथाले झैं हेर्दै
हेर, जलेको भारतको
आजादीको मूर्त कहानी !

स्वतंत्रता औ न्याय, शान्तिको
दिग्‌दिगन्तमा विकुल बजाई
दिवस-कथाले अमबरको झैं
अवनीको नीद्रा ब्यूझाई
हेर, जलेको भारतको
आजादीको मूर्त कहानी !

निष्ठुरताको काल-चितामा
दिवस-कथा झैं भष्म भएर
तमनाशक त्यो विधु झैं जगको
हृदयाम्वरमा चम्केर
हेर, जलेको भारतको
आजादीको मूर्त कहानी !

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)