भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यमुनाको चिता / केदारमान व्यथित

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:02, 10 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=केदारमान व्यथित |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


हेर, जलेको भारतको
आजादीको मूर्त कहानी !

दन्‌दन् दिनको तिमिरविनाशक
कथा जलेझैं सान्ध्य-चितामा
अवनी, अम्बर टुहुरा पारी
निष्ठुरताको काल-चितामा
हेर, जलेको भारतको
आजादीकी मूर्त कहानी !

भारतसँग गुनको सिरपाउ
थापी प्राण-विनाशक गोली
दिवस-कथाले सन्ध्याको झैं
सुन्दै जगको मंगल रोली
हेर, जलेको भारतको
आजादीको मूर्त कहानी !

खूनीको अपराध क्षमाको
गर्दै ईश्वरसँग अनुरोध
ईशाले झैं छाडी जगमा
अमर "अहिंसात्मक प्रतिरोध"
हेर, जलेको भारतको
आजादीको मूर्त कहानी !

उड्दै गिर्दै भाव नदी झैं
करुणा मुखरित तट-वर पिटदै
रोइरहेको यमुनालई
त्यो दिवस-कथाले झैं हेर्दै
हेर, जलेको भारतको
आजादीको मूर्त कहानी !

स्वतंत्रता औ न्याय, शान्तिको
दिग्‌दिगन्तमा विकुल बजाई
दिवस-कथाले अमबरको झैं
अवनीको नीद्रा ब्यूझाई
हेर, जलेको भारतको
आजादीको मूर्त कहानी !

निष्ठुरताको काल-चितामा
दिवस-कथा झैं भष्म भएर
तमनाशक त्यो विधु झैं जगको
हृदयाम्वरमा चम्केर
हेर, जलेको भारतको
आजादीको मूर्त कहानी !

('पद्य संग्रह' बाट)