भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यो मीठो पीडा / मनप्रसाद सुब्बा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:52, 16 मार्च 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


आह!
यति मीठो हुनसक्छ पीडा पनि?
कहीं थाहै नपाई म म्यासोकिस्ट त भइसकिनँ ?

यसबेला,
संसारका सारा पीडाहरू
काँधमा बोकेर
कल्वेरीको उकालो हिँड्न पनि तयार छु म

ओह !
यति दुःख्ने हुनसक्छ खुशी पनि?
कि म त आफैमा नअटाउने भइसकें नि !

ए खुशी खोजिहिँड्ने आँखाहरू हो,
आऊ मकहाँ -
म तिमीहरूलाई मेरो मुस्कान मुछिएको
आँसुको हीरादाना दिन्छु।

रागिनी,
उनीहरू सप्पैलाई अँगालेर
बताइदिऊँ कि यो दुखिरहने खुशीको रहस्य !