भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रचना / केदारमान व्यथित

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जब ऊषाको अभिनन्दनमा जागरण-डमरु मुखरित हुन्छ
तब दूर क्षितिजको आगनमा धरणीको नींद तिमिर टुट्छ ।
नव स्फुरणका नर्तन खुल्छन् जब कुड्मलका प्राण-प्राणमा
हुन्छ सुरभिको अभिषेक चकित मलयानिलका छन्द छन्दमा ।
रक्त-गानको निर्झर बग्दछ जब शूल-तिमिरको मुरलीमा
बल्छ विजयको स्वर्ण आरती मंगलको प्रांगण-प्राचीमा ।
जब जर्जर तृणका तनमा पनि आत्मदानको जीवन फुर्छ
वरदान बनी बूँद-बूँदमा अनन्त करुणा कुसुमित हुन्छ ।
नव प्रेरणा, नव चेतनाका नव पल्लव पुलकित हुन्छन्
तब तरुका मरमर रवमा रचनाका महिमा मुखरित हुन्छन् ।

............................
संगम-बाट, २००६