भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु / तीर्थ श्रेष्ठ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:01, 9 जनवरी 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= तीर्थ श्रेष्ठ |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

बासनारहित तर प्लास्टिक होइनौ
तिमी लाहुरे फूल

म यतिखेर युद्धमा क्षत-विक्षत
मेरा पति सम्झि रहेकी छु
काँचो धागोले बेरिएको चिठ्ठी
लास गन्हाउने पेन्सन
र त्यही पेन्सनको आडमा बाँचेको
जिन्दगी जेनतेन सोचिरहेकी छु

मेरो पतिको जिन्दगीभरको कमाइ
म विधवाको टाउको लुकाउने थलो
र त्यसकै ढोकाअगाडि निर्लज्ज फक्रिरहेको
तिमी लाहुरे फूल !

भो भैगो कति नुनचुक छर्छौ यो घाउमा
धेरै भयो - जिन्दगी नै घाउ भएको
धेरै भयो - जिन्दगी नै पीडा भएको
एकछिन सुस्ताउन देऊ लाहुरे फूल !
म घाउको पत्र पल्टाएर
सन्धिको इतिहास फेर्न चाहन्छु
म घाउ सुमसुम्याएर
रगतको व्यापार बन्द गर्न चाहन्छु
म यो इतिहासको कालो पानालाई
च्यातेर फाल्न चाहन्छु
पर्ख ! लाहुरे फूल
म तिम्रो नाम फेर्न चाहन्छु ।