भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लुकूँ लुकूँ लाग्यो मलाई / किरण खरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 01:42, 6 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=किरण खरेल |अनुवादक= |संग्रह= }} {{KKCatNepal...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


लुकूँ लुकूँ लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमा
नाचूँ नाचूँ लाग्यो मलाई पिरतीको रङ्गिन देशमा

सेतो पाना चोखो मन दुवै मन छ तिम्रै गीत
निलो आकाश निलो खोला जताततै तिम्रो प्रीत
झुलूँ झुलूँ लाग्यो मलाई सुवास जस्तो हाम्रो मिलनमा
नाचूँ नाचूँ लाग्यो मलाई पिरतीको रङ्गिन देशमा

फूलभरि तिम्रो सुवास मौसमभरि तिम्रो सुवास
तनमा छायो मनमा छायो न्यानो न्यानो तिम्रो साथ
चुमूँ चुमूँ लाग्यो मलाई कुसुम जस्तो तिम्रो बदनमा
नाचूँ नाचूँ लाग्यो मलाई पिरतीको रङ्गिन देशमा

तिम्रो आँखा तिम्रो अधर लाग्छ मलाई मेरो नै हो
मेरो आँखा मात्रै किन सारा जीवन तिम्रै हो
डुबूँ डुबूँ लाग्यो मलाई सागर जस्तो तिम्रो नयनमा
नाचूँ नाचूँ लाग्यो मलाई पिरतीको रङ्गिन देशमा