भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"विदा / गोपाल सिँह नेपाली / कुमार घिसिङ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल सिंह नेपाली|गोपाल सिँह ने...' के साथ नया पृष्ठ बनाया)
 
पंक्ति 3: पंक्ति 3:
 
|रचनाकार=[[गोपाल सिंह नेपाली|गोपाल सिँह नेपाली]]
 
|रचनाकार=[[गोपाल सिंह नेपाली|गोपाल सिँह नेपाली]]
 
|अनुवादक=कुमार घिसिङ
 
|अनुवादक=कुमार घिसिङ
|संग्रह=पन्छी
+
|संग्रह=चरी
 
}}
 
}}
 
{{KKCatKavita}}
 
{{KKCatKavita}}

23:01, 1 अगस्त 2020 का अवतरण

(९०)
दिन आयो पहाड़ बनी, आई रजनी भई भारी।
झिल्का बनी निक्ल्यो जगमा, तारा ‘गगन’ विहारी।।
उजाड़ थिए नन्दनवन, उजाड़ थिए उसको फुलबारी।
तैपनि आशा लगाई बसेकी थिई, मिलनलाई बिचारी।।

(९१)
भाँचेका डालाहरूमा प्रभातलाई ऊ हेर्दथी।
कति दिन बितेर गएछन्, ऊ लेखा गर्दथी।।
सोचमा परी पद – नखले तरुमा रेखा कोर्दथी।
आशाका आँखाले पूरबमा निहार्दथी।।

(९२)
तैपनि आउँदैनथे वनराजा कुनै दिशाबाट वनमा।
सुनिँदैनथिए बोली उसको कहिले पनि कुनै क्षणमा।।
बसी – बसी दु:खी भएर भन्दथी ऊ मनमा।
“के साँच्चै पाउँदिनँ मेरो राजा, अब यस जीवनमा।।”

(९३)
सुन्दर नन्दनवनका शोभा अब बितेका थिए।
हाँस्दथे न अब कली नै वनमा, न चराहरू नै गाउँदथिए।।
फूल – फूलमा अब न मधुकरी नै, उड्दै – उड्दै घुम्दथिए।
हेरी – हेरी अब यिनीहरूलाई रानीको हृदय दु:खित थिए।।

(९४)
बितेर गए लामा क्षणहरू, तैपनि आएनन् प्यारा।
रात – भरी गनिसकें गगनका चम्किला तारा।।
रोई – रोई खोजिसकें राजालाई वनबीच किनारा।
खर – खरमा, निर्झरमा, सरमा, वन – तरुवरमा सारा।।

(९५)
भयो विराग हृदयमा उसको, आर्त्त विरहको दु:खले।
हुन्थे कुशल, यदि अहिले ता रहन्थे किन वञ्चित सुखले।।
बसी – बसी गर्दथे आह – व्यथाको अभागिनीको मुखले।
जति टाढा थिए सुखले, उति नै समीप थिए दु:खले।।

(९६)
“जगतीका कुना – कुनामा अब सत्वर जानेछु।
बनाई सँगमा राजालाई अनि यहाँ आउनेछु।।
खोज्नेछु वन – वनमा, जीवनभरि आशा छ, पाउनेछु।
जबसम्म पाउँदिनँ उनलाई लोक – लोकमा आउनेछु।।

(९७)
यस्तै सोची विदा भए, वनबाट आफ्नो त्यो काननबाट।
जहाँ एक दिन जुटेका थिए, नाता मृदु जीवनबाट।.
जहाँ सदा हाँस्नु, रुनु सक्दथे सुख – दु:खमा निज वनबाट।
थिए परिचित जसका कण – कणदेखि ती आफ्नो बालकपनबाट।।

(९८)
जसै उड़े गगनमा चरी सारा वन रुँदथे।
निर्झर – भूमा शिर ठोकाई सारा घन रुँदथे।।
आगो लागेथ्यो उसको मनमा, सारा तन जल्दथे।
उड्दै जान्थी ‘वनरानी’ प्यारा मन रुँदथे।।।