भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विलाप / गोपाल सिँह नेपाली / कुमार घिसिङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

विलाप

(९९)
मरुस्थल थियो फैलेको अघाड़ि, नभ थियो माथि नीलो।
मद्धिम थियो चाँदनी रातमा, शशि थिय़ो पहेंलो – पहेंलो।।
लिई भिजेका लोचनमा आँसु, गीला – गीला।
हेरिरहिथी ‘वनरानी’ रेतीमा रजनी – लीला।।

(१००)
क्षुद्र ज्योतिले रजकण लाग्दथे चाँदी – कण जस्तै।
धवल चाँदनीका टुक्रा जस्तै, धन – कुबेरका धन जस्तै।।
मानों ती झर्दथे भू – मा नभको उज्ज्वल धन जस्तै।
घरि – घरि चम्किन्थे तिनी कीराहरूको तन जस्तै।।

(१०१)
धेरै टाढा विस्तृत सागर जस्तै चम्किने रेती थिए।
जहाँ घोर नीरवता जगका नींदमा मस्त थिए।।
स्वाइँ – स्वाइँ गरी आफ्नो नैया हावामा खियाउँदैथिए।
यहाँ – वहाँदेखि बालुवा यताउति पार्दथिए।।

(१०२)
सुतेका व्यथा जगाए मनमा, अब त्यस नीरवताले।
दु:खी भइन् रानी रजनीमा, दु:ख सुनाउन थाले।।
चिरियो नीरवताका तन, करुण रोदनको तानले।
रोई रेती सुँक्क – सुँक्क गरी, क्रन्दन गरे निशाले।।

(१०३)
“छ अनन्तसम्म विस्तृत रेती अनि अनन्त गगन छ।
माथि चाए घोर सून्यता, तल बालुवा – कण छ।।
क्षण – क्षण आउँदछ जगतीमा मेरो यो क्रन्दन छ।
न होला यहाँ राजा, यो रेती निर्जन छ।।

(१०४)
“तैपनि अब यी दुइ प्वाँखहरूले कता – कता घुमिरहूँ।
कुन देश छ, अर्को कहाँ, जहाँ म खोज्न जाऊँ।।
हाय! लुटिएं म अभागिनी कसको शरण अब जाऊँ।
होला कहाँ भट्किँदै राजा, कसरी पता लगाऊँ।।”

(१०५)
मेरो हितको द्वार बन्द गरी सुते दशै दिशाहरू।
अब पथ कसले देखाउने, लुकिसकेछन् बाटाहरू।।
कहाँ बस्यो खग कुलको ललना, किन यहाँ आउँदैन।
तल माथि, दायाँ बायाँ सहायक देखिँदैन।।

(१०६)
खोजिसकें मैले सारा दुनियाँ गिरि, वन पर्वत माला।
भटकी घुमें कुना – कुनामा यो मेरो तन काला।।
नाघिसकें मैले आज अनेक निर्झर, सर, नदी, नाला।
हाय! मैले पाइनँ कुसुम वनका राजा, अब कता होला।।

(१०७)
जानु कता, गरूँ के, राजा कहाँ छ, भन कता।
आफ्नो दु:खका कुराहरू कसलाई भन्नु भन कता।।
आज एक्लै आफ्नो पीड़ा सहनु भन कता।
निराधार भई कुन सागरमा बगिरहनु भन कता।।

(१०८)
यस्तै घोर नीरवतामा के वनराजा सुतेको छ।
यो बालुवामा उज्याला कण किन पखालिएको छ।।
के म जस्तै नै जगले पनि यसरी वैभव हराएको छ।
किन मलाई पनि लिँदैनै मुखमा आज यस्तै समय त छ।।