भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शुक्रवार / फरोग फारुख्जाद / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:22, 20 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=फ़रोग फ़रोखज़ाद |अनुवादक=सुमन पो...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

मौन शुक्रबार
सुनसान शुक्रबार
हिँड्न छोडिएको गोरेटोजस्तै दुखित शुक्रबार
रोगी, अल्छी तर्कनाहरूको शुक्रबार
झोँक चल्दो गरी बटारिएको तनावयुक्त शुक्रबार
निर्धो शुक्रबार !
 
रित्तो घर
एक्लो घर
बैँसको प्रहार रोक्न थुनिएको घर
घामले नुहाएको कल्पनामा मग्न अँध्यारोको घर
एक्लोपन, छटपटी र अनिर्णयको घर
पर्दा, किताब, दराज र फोटाहरूको घर।
 
उफ्‌,
कुनै गहिरो नदीजसरी
कति बिध्न मौन र चुपचाप बगिरहेको रहेछ
मेरो जीवन !
त्यति बिध्न मौन र सुनसान शुक्रबारका मुटु बीचबाट
त्यति बिध्न रित्ता र विरक्त घरका हृदय बीचबाट ?
उफ,
कति बिध्न मौन र चुपचाप बगिरहेको रहेछ
मेरो जीवन।