भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

संवाद / राजीवलोचन जोशी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:44, 9 जुलाई 2018 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

मोती भन्छ सुवर्णलाइ म बडो भन्थिस कुलन् हूँ भनी ।
चुट्छन् हे सुन पोख्दछन् तँकन धेर्घोट्छन् कसीमा पनी ।।
सुन्दर्नारि कुलीनका हृदयमा लड्केर बस्छू म ता ।
लौ भन् को त ममा बडो कुलिन हो शेखी नगर्धेत ता ।।२२।।

मोतीलाइ सुवर्ण भन्छ बुझिले औलाद् तेरो पनी ।
तेरो बाबु घुँगी किरो सुलिदिई छेडछन् तँलाई पनी ।।
आफ्नू राख्नु विचार् घरान यहि हो लाज् छैन बोल्छस् कती ।
खोज्छन् अन्त्यमहाँ तँलाइ कि जनै दिन्छस् कि उत्तं गती ।।२३।।

मोती भन्छ बडो तँछस् कुलिन है जडमट्टि देखी तँता ।
जन्मन्छस् ममता नगर् कति ठूलो हू भन्दछु आजता ।।
तौलिन्छस् रति साथमा रति सहीको गन्ति तेरो जती ।
हे सुन साथ कली छ शुद्ध छु भनी के गर्व गर्छस् अती ।।२४।।

हाँसी भन्छ सुवर्ण अस्सल तँ होस् अस्सल् हुनाले गरी ।
धागामा उनिएर डाँकुसरिको झुन्डन्छ बन्धन् परी ।।
हामीसीत सरम् नमानि परिपाट् यो हार्छ बात्को तह ।
कीराका कुलमा भई मति कहाँ हुन्थ्यो ठुलो चुप् रह ।।२५।।

मोतीको सुनको ठुलो कलह भै बोल्थ्यो ति छेडछाड् दिई ।
सुन्दसुन्दार आइ झट्ट गहनालाई लगाई लिई ।।
मालिकको भय मानि चुप् हुन गया नारी बनैमा गई ।
सङ्केती जनसीत बातचित भयो शान्ती शरिकों भई ।।२६।।

(“भानुभक्त रामायण” बाट)

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)