भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सधैँ तिम्रो साथ हुन्थ्यो / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 07:56, 6 मई 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=मला...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

सधैँ तिम्रो साथ हुन्थ्यो रङ्गीन रङ्गीन रात हुन्थ्यो
भने जिन्दगीमा सधैँ खुसीको नै बर्सात् हुन्थ्यो

गर्ने थिएँ तिम्रो वर्णन गीत तिम्रै लेख्ने थिएँ
तिम्रा सबै पीरलाई यो छातीले छेक्ने थिएँ
सुषुप्त मेरा उत्साहमा यदी तिम्रो आँट हुन्थ्यो
भने जिन्दगीमा सधैँ खुसीको नै बर्सात् हुन्थ्यो

तिम्रो माया सधैँ पाए जीवन भर म हाँस्ने थिएँ
मायाभित्रै रमाएर सार्थक जीवन बाँच्ने थिएँ
उदाश मेरा यी आँखामा ती आँखाको मात हुन्थ्यो
भने जिन्दगीमा सधैँ खुसीको नै बर्सात् हुन्थ्यो