भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सियो / विमल गुरुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:04, 28 मार्च 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


मलाई थाहा भयो
मान्छेहरु अझ निन्द्राको जङ्गलबाट
उम्केर खुल्ला चौरमा पुगिसकेका छैनन्
त्यो खुल्ला चौर
जहाँबाट आफूलाई हेरिन्छ
जहाँबाट अरुलाई हेरिन्छ
जहाँबाट सारा संसार देखिन्छ ।

तर, जति जागेका छौं हामी
हामी अब फेरि कहिल्यै सुत्दैनौं
हामी
जोड जोडले ढुँगा हान्छौं छानामा
निन्द्रा बिगारिदिन्छौं
निन्द्रा बिच्काइदिन्छौं ।

हामीलाई थाहा छ
खोर्सानी कहाँ उम्रीन्छ
हामीलाई थाहा छ
करेण्ट कहाँ बग्छ
हामीलाई थाहा छ
असारेको काँडा कुन दिशामा जवान भएको छ ।

ए खोर्सानीका बोटहरु !
तिमीहरु तरल भएर निन्द्रामग्न मान्छेका कानहरुबाट पस
ए करेण्टहरु !
तिमीहरु नजागेका मान्छेका छालाहरुलाई छ्वास्स
स्पर्श गर
ए सियोहरु !
तिमीहरु सुतेका मान्छेका ढकनीलाई चुम
ए असारेका काँडाहरु !
तिमीहरु पनि मायाँ गर
निदाएका मान्छेका आँखाका ढकनीहरुलाई
हामीलाई थाहा छ
असारेको काँडा कुन दिशामा जवान भएको छ ।