भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हजुरआमाको “पर्खाल” कविता / सविता गौतम दाहाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:10, 16 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सविता गौतम दाहाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


गुच्चा खेल्न, खोप्पी खेल्न
व्याडमिन्टन, फुटवल ,क्रिकेट
सवै सवैमा भाग लिन मन हुन्थ्यो
एउटा पर्खाल उभिएको थियो
नाघेर
मैदानसम्म पुग्नै सकिन् ।

पौडी सिक्न, पारी गाँऊ देउसी भैलो खेल्न
नदी किनार राति जुन हेर्न
नाउ चढन साह्रै इच्छा लाग्थ्यो
आज्ञाकारी पर्खाल उभिएको थियो
नटेरी
नदीसम्म पुग्दै पुगिन् ।

एक जोर आँखा
एउटा सुन्दर अनुहार
औधि मन पथ्र्यो
सगैं हिडूँ, वोलूँ, हाँसू, खेलूँ लाग्थ्यो
संस्कारी पर्खाल उभिएकै थियो
सुटुक्क
मन जोडनै सकिन् ।

एउटा समूह गाँऊ
प्रवचन र तालिम दिन आएथ्यो
सुँनू, बुँझू, सिकूँ
उनीहरुको वोलीबाट
टाढा टाढाका कथा जानूँ लागिरहन्थ्यो
पर्खाल उभिएकै थियो
उफ्रेर
नाघ्न सकिन् ।

आज,
सेतो कपालमा छोपिएर मस्तिष्क
तीर्थस्थल, कुम्भ मेला, गंगा स्नान जौं भनिरहन्छ
किर्तन, भजन, जागराममा भक्तिरस पिऊँ भन्छ
उही भय छोपि वस्छ
पर्खाल जहाँको तँही उभिएकै छ
नाध्न सक्दिन् ।

सोच्दछु यसपटक,कहिल्यै नसोचेको
कोशिश गरिनछु
कतै !
त्यो पर्खाल कागतकै पो थियो कि
काल्पनिक पो थियो कि
स्वतन्त्र कहिल्यै भइन
पर्खाल नाँचीरहयो वरिपरि
जीवनभरि ।