भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"हामीलाई शान्ति देऊ / कृष्णप्रसाद पराजुली" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=कृष्णप्रसाद पराजुली |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया)
 
छो
 
पंक्ति 7: पंक्ति 7:
 
{{KKCatKavita}}
 
{{KKCatKavita}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 +
<poem>
  
 
हिमाललाई काखमा बोक्ने यस धर्तीमा
 
हिमाललाई काखमा बोक्ने यस धर्तीमा

08:32, 8 फ़रवरी 2022 के समय का अवतरण


हिमाललाई काखमा बोक्ने यस धर्तीमा
म त मनको भाषा बोल्ने मानिस हुँ
अरू के भनूँ खै
मनकै भाषामा भन्छु-
देशलाई उठाउँछु भन्ने ए कर्णधारहरू हो !
तिमी बाहिर आन्दोलित हौला
हाम्रो त मन नै आन्दोलित छ
म करजोडी बिन्ती भन्छु-
मानिसले पाउने न्यूनतम
संयोग, सुख र सन्तोष देऊ
जिउनुको र्सार्थकता सिद्ध हुने
अलिकति शीतल पानी देऊ
अब हामीलाई शान्ति देऊ !

म कसरी हेरूँ पाँचथरे छोराको विरह
म कसरी लेखूँ रोल्पेली-डोल्पेली बहिनीको बह
बागमती आमा नै पनि
गनाइसकेकी छन् फोहरका डङ्गुरमा
उनको झोलिएको स्तनलाई
खानेकुरा ठानी लुछ्न बेर छैन- पशुपतिका बाँदरहरूले
कसरी चित्त बुझाऊँ
उन्मुक्तिको गायन देऊ
पुर्खाको थलो थाम्ने पायन देऊ
अब हामीलाई शान्ति देऊ !

सम्पत्ति पत्ती-पत्ती भएर झर्न सक्छ
निर्माणका कथा सुनाऊ
आपत्ति पनि पर्न सक्छ
हटाउने प्रयासमा जीवन्त गीत गुनगुनाऊ
अरूलाई पन्छाउन पनि हुँदैन
मन्छाउनु पनि हुँदैन
मानिसको जति गाढा नाता नै कसको छ र –
त्यो नातालाई भँगालोमा होइन
अँगालोमा राखिदेऊ
नेपालीहरूको भविष्यको रगत जाँचिदेऊ
अब हामीलाई शान्तिदेऊ !