भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अनाम कथा / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:22, 11 अगस्त 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=घर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज



एकदम आतङ्क फैलिएको छ सहरमा
अवाक छ सेनाको बम डिस्पोजल टोली
र घण्टौंसम्म ओल्टाइपल्टाई हेरिरहेछ
एउटा मैलो झोला,

पूर्व क्षितिज नखुल्दै फरार हुने को थियो ऊ ?
सुदुर पश्चिमबाट दिवा सेवाको बस चढेर
को ओर्लेको थियो साँझमा ? कसरी काटेको थियो रात
र के देखेको थियो रातभरी सपना ?

कुन कथा बोकेको थियो उसले
र कसलाई खोज्दै हिडेको थियो यी गल्ली र चोकहरुमा
सूचनापाटी, अखबारका पाना र महानगरको भीडमा ?

अन्ततः झोलाभित्र भेटिए
केही मैला मैला कपडाहरु
र एक गाउँले युवतीको तस्वीर ।