भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँसु र सुस्केराका बाचाहरु / चाँदनी शाह

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:57, 25 जुलाई 2019 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= चाँदनी शाह |अनुवादक= |संग्रह= }} {{KKCatGe...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


आँसु र सुस्केराका बाचाहरु
त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्
हाँसो र खुसिका कसमहरु
त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्
माया र विश्वासमा कहिले बाचा बाँधिन्नन्
साक्षी चाहिन्नन् त्यहाँ किरिया खाइन्न
आँसु र सुस्केराका बाचाहरु
हाँसो र खुसिका कसमहरु
त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्

लाग्दछ माया त्यो लाएर कँहा लाइने होर
खोसेर पाइन्न त्यो न त माग्दैमा दिइन्छ
समय बद्लिँदैमा बद्लिने त्यो होइन
जिवनको परिधिभित्र सिमित त्यो छैन
आँसु र सुस्केराका बाचाहरु
हासो र खुसिका कसमहरु
त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्

सम्झाउन सिकिन्न केही परिभाषा दिएर
पिरतिको छैन यहाँ खोजेर उपमा कुनै
देखाउन सकिँदैन केही प्रमाण दिएर
तेस्को छँदैछैन पाइन्न यहाँ आकृती कुनै
आँसु र सुस्केराका बाचाहरु
हासो र खुसिका कसमहरु
त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्