भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आफैँसँग बिरानो म / दिनेश अधिकारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:23, 23 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आफैँसँग बिरानो म कहाँ रम्न जाऊँ ?
जहिले पनि एक्लै हुन्छ मैले टेक्ने ठाउँ

मौनता नै हार मेरो मौनता नै जित
भीडमा म हिँडिरे’छु एक्लै आफूसित
व्यर्थै किन सोध्यौ तिमीले कुन हो मेरो गाउँ ?
जहिले पनि एक्लै हुन्छ मैले टेक्ने ठाउँ

आफ्नै आँखा घाम मेरो, आफ्नै आँखा रात
मेरो हाँसो मेरै लागि नबिर्सिने घात
बुझ्दिनँ म आफैँ पनि कसलाई सोध्न जाऊँ ?
जहिले पनि एक्लै हुन्छ मैले टेक्ने ठाउँ