भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एक/एक सेकेन्ड जिन्दगी / मनप्रसाद सुब्बा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:26, 23 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

वर्ष होइन महिना होइन हप्ता होइन
घन्टा होइन मिनेट पनि होइन
तर सेकेन्ड / सेकेन्ड
एक / एक सेकेन्ड
बाँचिन्छ जिन्दगी !
एक / एक सेकेन्डको
यौटा / यौटा जिन्दगी !
यो सेकेन्डदेखि त्यो सेकेन्डबिच
आँ गरिराखेको अतल भ्वाङ छ
फुत्रुक्क फुत्रुक्क उफ्रिंदै यौटा यौटा भ्वाङ नाघ्दै जाँदाजाँदै
कुनै पनि क्षण
यो नाथे जीवन
खसेर अचानक
हराउँछ
!
तर.. क्षण अनि क्षण अनि क्षण ...
गइरहन्छ वास्ताहीन
प्रहर-प्रहरको एक-एक बित्ता नाप्दै
दिन महिना वर्षको फाँट क्षितिजसम्म फैलाउँदै
अनि शताब्दी सहस्राब्दीको आकास र ब्रह्माण्ड अनन्त विस्तारिंदै विस्तारिंदै...
. . .
इः हेर्नुहोस्
म फड्को मार्दैछु यो क्षणदेखि त्यो क्षणसम्म
बिचको भ्वाङमा खसेछु भने खसें खसें नि !
यत्ति जोखिम उठाउने आँट त हुनैपर्यो नि !
नत्र त कसरी बाँच्नु हौ गाँठे
यो एक बारको जिन्दगी !!