भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कुहू कुहू / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:34, 21 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

को हँ ? को हँ वनमा कुन को हो
गर्छ क्या कुहुकुहू सुन ओहो !
हैन हैन म त हैन म हैन
को हँ को हँ तर को चिनिँदैन ।

फूलमा छ कि ? कि छाँग हरामा ?
वासमा छ कि उ हुन्छ चरामा ।
या मुनातिर ? कि एक मुनामा ?
हुन्छ भान सपना विपनामा ?

को हँ को हँ म त चिन्दिन हेर
झल्किँदो रस अनेक लिएर ।
लुक्छ को भन वसन्त फुलाई
यो सवाल रसिलो छ मलाई ।

को हँ ? को हँ सित सोध्छ सारा
बालचित्त लहरी रसधारा ।
को बनाउँछ वसन्त रंगीन
सिर्जनाहरू गरेर नवीन ।