भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

के सही थियो / राजेश्वर रेग्मी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:21, 16 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=राजेश्वर रेग्मी |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


के सही थियो, खै के गलत थियो
पुरानो आफ्नो पिउने कुलत थियो

लडेको हुँ कयौं पटक म सडक माझ
मेटिएन, लागेको गहिरो खत थियो

आँखाहरु प्रायः रोकिएकाथे मैमाथि
चिसो ठाने, तातो भत्भत् थियो

उठाउनु पर्छ भन्ने कुरा चलेको हो
छोडी हिंड्नेमा सबैको एकमत थियो

नलाग पछि व्यर्थै, मेरो पछि नलाग
भन्दाभन्दै’ नि यस्तो कालो विगत थियो