भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवनसँगको जम्काभेटमा / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:10, 11 मई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

इच्छाहरूको मिराज पछ्याउँदै दौडिरहेको जीवनलाई
समयको एक डिलमा बास बसेको मौका पारी
ओल्टाई-पल्टाई हेरेँ
चिमोटेर बोलाएँ ।
 
सोधेँ, अनुहारबाट आफूलाई उक्काइफाल्नुको कारण
सोधेँ, मेरै रहर बोकेर मैसँग भागिहिँड्नुको कारण
सोधेँ, अभिलाषाको त्यत्रो भारी बोकी अक्कर-अक्कर कुदिहिँड्नुको कारण ।
 
ऊ सपनाहरूको ओढ्ने ओढी
निदाइरह्यो, अथवा
निदाएझैँ गरिरह्यो ।

सल्लाह दिएँ,
घामका किरण टेकेर हिँड्न सकिँदैन
आँधी उचालेर उभिन सकिँदैन
आगो निलेर हाँस्न सकिँदैन
हिउँ ओछ्याएर निदाउन सकिँदैन
पानीलाई अँगालो हालेर - - -
 
जुरुक्क उठेर
आफूले ओढिराखेको ओढ्ने बोकी
ऊ यसरी भाग्यो
आजसम्म फेरि भेट हुन सकेको छैन ।