भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

त्यस्ती ठानेछौ तिमीले मलाई /अन्ना आख्मातोभा / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:15, 20 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= आन्ना अख़्मातवा|अन्ना आख्मातोभ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

त्यस्ती पो ठानेछौ तिमीले त मलाई।
 
तिमी मलाई चटक्कै बिर्सन सक्नेछौ,

म चाहिँ अनुनय गर्दै रुनेछु, र
आफूलाई समाप्त गर्नेछु, भन्ठानेछौ।
 
अथवा म
जोखाना देखाउन पुग्नेछु कुनै बुढीबजू कहाँ
माग्नेछु जडिबुटीबाट बनाएको कुनै मोहनीओखती र
मन्त्र फुक्न लगाई
पठाउनेछु
मेरो अमूल्य सुगन्धित रुमालको व्याकुल उपहार तिमीलाई- भन्ठानेछौ।
भुत्रैसित्ति!
म तिम्रो अभिशप्त मनलाई
संवेदनले भिजेको आँसु वा
हेराइको एक झिल्कोसम्मले पनि
अनुगृहित गर्ने छैन।
 
म वचन दिन्छु तिमीलाई, परीहरूको बगैँचाछेउ उभिएर,
म वचन दिन्छु, हुनै नसक्नेलाई पनि सम्भव गराइदिने देवीथानबाट,
र हाम्रा रातहरूका ज्वाला र तिनका धूँवाछेउबाट -
तिमीलाई भेट्न अब
कहिल्यै आउने छैन म।