भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दुःख / देवान किराती

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:30, 19 जून 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


एउटै रूप, रङ, आकार र सुवासमा
संसारैभरि फुलेको
धेरैधेरै, अति धेरै सुन्दर एउटा फूल
जुन मसँग
तीता–मीठा धेरै कुराहरू भनिरहन्छ
र जीवनलाई बाँच्न सिकाइरहन्छ
तर मलाई एक शब्द ’नि बोल्न दिँदैन ऊ आफ्नो बारेमा
र म
उसलाई नै सजाएर हाँसिरहन्छु ।
उसलाई नै पिएर बाँचिरहन्छु ।