भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नींद / भूपिन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:37, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=भूपिन |अनुवादक= |संग्रह= }} {{KKCatKavita}} {{KKCa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

सुत्ने बेलामा क्षितिजमा
एउटा सग्लो जून देखेको हुँ
सपनाको ऐँठन बाट अत्तालिंदै
राति
सिर्फ
एकपटक
ब्यूँझिएको हुँ
र त्यो बेला देखेको हुँ आकाशमा
अनुहार मेटिएको आधा जून
तर अहले मध्याकाशमा
किन कतै पनि जून देख्दिनँ म् ?

बादल लागेको पनि छैन
जून डुब्ने समय भएको पनि हैन
र आकाशमा जून नहुनु
मेरो कुनै भ्रम पनि हैन !

के एकै रातमा पनि
फरकफरक अनुहारका जूनहरु उदाउँछन् ?

त्यो नुतन र चुपचाप रातमा
त्यो फरक र सुनसान रातमा
म आफ्नै जिज्ञासाको जवाफ खोजिरहेको थिएँ

आँखा मिच्दै र आङ तन्काउदै घडी हेरें
घडीभित्र भूमिगत बसिरहेको समयले
मलाई मिहीन आवाजमा भन्यो-
कति लामो निंद सुतेको तिमी ?
थाह छ ?
तिमि पुर्णिमाको मध्यरात सुतेका थियौ
र आज
औंसीको रातमा ब्युँझिएका छौ !