भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पानी / नवराज कार्की

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:35, 15 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= नवराज कार्की |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


उठ्नु आँधी भएर
उड्नु बाफ भएर
सागरको पीधदेखि
सगरको टुप्पासम्म
फैलनु व्याप्त भएर
बग्नु आफैमा पर्याप्त भएर
आफै वाटो बनाएर निरन्तर

नित्य चञ्चल र नवीन भएर
जस्तै विघ्नलाई पनि अनुकूल बनाएर
पत्थरलाई काटेर, पहाडलाई भत्काएर
कि सँग-सँगै आफूसितै बगाएर
बढ्नु यात्रामा पानी झैँ
मलाई अत्यन्तै मन पर्छ
आफ्नो गन्तव्य आफैले पहिल्याएर

कुनै रङ्ग नहोस्, कञ्चन, स्निग्ध र नीरङ्ग भइयोस्
सीमित के बाँधिनु आकारमा, निराकार भइयोस्
के साँधिनु परिभाषाहरूमा, उदार अति उदार भइयोस्
अवस्था र विवशतामा धमिलिँदा पनि कहिलेकाहीं
फेरि सङ्लिएर पहिले मैं निर्मल अति स्वच्छ भइयोस्
जम्नै परेछ भने पनि कतै प्रकृतिसितै
चुलिएर आफू आफैमाथि
यति उच्च उच्च भइयोस्
कि सल्ल परेर सहृदयतामा
भिजाउँदै जडतालाई पनि जित्न सकियोस