भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पिनासीको कथा / रेमिका थापा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:06, 1 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रेमिका थापा |संग्रह= }} {{KKCatKavita}} {{KKCatNepaliRa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

पिनासेले पिनासीलाई
साह्रै दिक्क भएर भन्यो-
तेरै मरञ्च्यासे सपनाहरूले मलाई नंपुसक बनायो !

धुँवा गुँडुलिएको मझेरीमा
खिइएको सारङ्गीको धुन
दुई टोड्का आँखा टलक्क टल्क्यो
र झ्याप्प बन्द भो
फेरि खुलेन ।
घरभरि घुमिरह्यो
निस्तो गन्ध !

साँझ सबेर पिनासी पिनासेलाई पिलाउनै सक्छे
एक एक चम्ची उत्तरआधुनिक आँसुको टानिक !
यतिमा नै पिनासीको कथा
टुँगिदैन,
छातीको गहिरो नूनिलो दहमा
हरेक दिन डुब्दै उत्रदै गर्ने
उसका सपनाहरूको मरञ्च्यासे आयु अझ लामो छ ।

हर दिन ढल्दै जाँदा पिनासेले जब धिप्रीको उज्यालोलाई
कैलो हुँदै गरेको देख्छ तब बल गरेर झोँक्किन्छ,
तेरै अलछिना इच्छाहरूले मलाई लबस्तरा बनायो !


हरदिन
एक एक डाडु उघाएर पिनासीले
पिउनै सक्छे
आँसुको मनोवैज्ञानिक अमिलो खुराक !

तर पिनासेको पुरुषार्थ जाग्दैन !
                                                                           
............................................................................
रचनाकाल १२.०३.२००३