भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बेपत्ता नागरिक / धिरज राई

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:08, 5 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=धिरज राई |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आमा !
सपनीमा आफैले सुनाएँ तिमीलाई–
मेरो मृत्यूको खबर
र छामेँ–
दबिएको सासको चाप
उर्लिएको आँशुको वेग ।

कतै विवशतामा किरिया बसेकी पो छ्यौ कि !
या त अझै मुर्च्छनामै अल्झेकी छ्यौ !
के थाहा छ तिमीलाई ?
कि केही पनि थाहा छैन ?

तर, साक्षी छन्–
निल्न नभ्याएको गाँस,
चिम्लन नपाएको ओछ्यान
र ढोग्न नसकेको तिम्रो आशिर्वाद
    –म मरेको छुइन आमा !

भयो नखोज,
पुग्दैन तिम्रो सामर्थ्य
बरु तिम्रा सबै भगवानलाई पठाउनु
मलाई लिन– अपरिचित ठेगानाको अध्याँरो चेपभित्र ।