भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भाकल पुगे जस्तो / मनप्रसाद सुब्बा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:41, 16 मार्च 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


धुलोसरिको गर्मी याममा
तिमीसितको रमाइलो भेट
        रमाइलो झरी भयो।

खडेरीको त्यो चर्को घाममा
तिम्रो त्यो शितल छायाँ
        शितल छहारी भयो।

थकाइ थियो यात्राको नाममा
तिम्रो मीठो साथ मलाई
        मीठो चौतारी भयो।

एकलास ठाउँ देवताको धाममा
गरिराखेको त्यो भाकल आज
        पूरा भएसरि भयो।

मनभरिको चिट्ठीको खाममा
बन्द रहेको भाव खुलेर
        आज आकाशभरि भयो।