भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भ्यालेन्टाइन डे / देवान किराती

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:50, 19 जून 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आखिरमा,
चाहेर नचाहेर तिम्ले जे गर्‍यौ ठिकै गर्‍यौ
कमसे कम दुःखको सागरै तर्‍यौ ।

यसबेला म
शिखरमा छु तिम्रो सम्झनाको
“चाल्र्स–टावर”को त्यो रातो घाम कसम
साँगुरी गौँडाका त्यो पुरानो ठाँटी कसम
भौँतारिइरहेको छु तिम्रो सम्झनाको दुन्दुभिभित्र
हराइरहेको छु, म, आफैँभित्र ।

सम्झन्छु,
उ बेलाको तिम्रो ठट्टा
“हाँस्नु कम, रुनु ज्यादा”
त्यो बेला ठट्टैमा बन्देज गरेका हाँसोहरू
तिम्ले नै लिएर गयौ
भएका आँसु पनि तिम्ले नै पिएर गयौ
यसबेला म
न ओठ खोलेर हाँस्न सक्छु
न आँखा चिम्लेर रुन
न जीवितजस्तो जिउन सक्छु
न ढुङ्गाजस्तो मर्न
जे भन
आज खोजिरहेको छु तिम्लाई म, मभित्र
तिमी क्यानभास अर्मूत चित्र ।

खै किन कुन्नि ?
मैले तिमीजस्तो गर्नै सकिनँ
न मुटुबाट तिम्रो प्रेम छुटाउन सकेँ
न त विश्वास नै टुटाउन,
............अब जे भन
शिखरमा छु म, तिम्रो सम्झनाको
खै ! तिम्लाई सम्झना छ–छैन मेरो ?