भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मन्दिर, मस्जिद, गुम्बा, चैत्य रुँदै बसेका छन् / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:23, 19 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=द...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

सहर

मन्दिर, मस्जिद, गुम्बा, चैत्य रुँदै बसेका छन्
अन्यायका पुजारी झन् यतै पसेका छन्
 
मैलाई गर्छन् भागवण्डा, गर्छन् खिचातानी
तिम्लाई पनि बिर्सेका छन् पराईझैँ ठानी
लुटिएका पीडा बोकी बाँच्छु मरेतुल्य
कहिले बुझ्लान् मानिसले यो माटोको मूल्य
 
चट्याङ्जस्ता खुसीहरू पोल्दै बिलाउँछन्
मक्किएका ठाउँहरू छल्दै मिलाउँछन्
कैले हुँला बलियो म हट्ला यस्तो रीत
कैले लेख्न पाइएला हाम्रो सुखी गीत ।