भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मोहका विषयमा / उमानाथ शर्मा पोख्रेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 13:16, 27 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=उमानाथ शर्मा पोख्रेल |अनुवादक= |स...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


हूँ मान्य छू धनि वडा कुल शीलको हूँ ।
राम्रो शिपालु अरु छैन प्रसिद्ध मै हूँ ।।
गर्दैछु यो यति गरें अव त्यो गरौंला ।
त्यो युक्ति वाट सजिलै ढिकुटी भरौंला ।।११८।।

यस्तै अनेक थरिको लिइ व्यर्थ आश ।
जाँदोछ जीवन हुँदोछ सुवुद्धि नाश ।।
आखीर शान्ति न मिली न अघाउँदैमा ।
चालै नपाई विचरो लडिजान्छ भैंमा ।।११९।।

सम्पत्ति धेर बटुलौं परिपूर्ण पारौं ।
जुन् जुन् कुराछ अपुरा सव त्यो सपारौं ।।
यस्ता वितर्क दिन रात लिंदा लिंदैमा ।
चाल नपाइ विचरो लडिजान्छ भैंमा ।।१२०।।

ढाँटी छली कहिं कराइ कहीं नुहेर ।
पैसा झिकौंर भरिशक्य गराउँ धेर ।।
यो दुष्ट तर्क परिपूर्ण हुँदा हुँदैमा ।
चालै न पाई विचरो लडि जान्छ भैंमा ।।१२१।।

गर्नेछु धर्म पछि तीर्थ पनि घुमौंला ।
श्रद्धा लियेर शिव राम पनि जपौंला ।।
यो काम ता अब शकैं भनि संझदैमा ।
चालै न पाई विचरी लडिजान्छ भैंमा ।।१२२।।

जो आज नाथ छ अनाथ छ सोहि भोली ।
सम्पत्ति मत्तछ उही पछि लिन्छ झोली ।।
घुम्दैछ हर्ष सँग आज उ भोलि हुन्न ।
यस्तोछ काल महिमा तर थाह हुन्न ।।१२३।।

नाना पदार्थ सँगमा जति हुन्छ योग ।
त्यस्को अवश्य रहँदैन न भै वियोग ।।
यो नित्य संझि दृढ निश्चयले रहेर ।
वैराग्य साथ गर भक्ति सखे ! नुहेर ।।१२४।।

माता पिता सुत कुटुम्ब हरु जहान ।
पृथ्वी गजाश्व गृह यी धनका वथान ।।
पैले थिये न त पछी सँगमा लगिन्छन् ।
खाली ममत्व रहि दुःख सँधै दिनेहुन् ।।१२५।।

अन्याय काम गरि जुन् धन हात पर्छ ।
आखीर त्यो त यहिं वाकसमै ठहर्छ ।।
साथी हुने दुइ यिनै बुझ पाप धर्म ।
जुन् योग्य हो उहि कमाउन गर्नु कर्म ।।१२६।।

जस्तै धनी निपुण मान्य वनोस् परन्तु ।
आनन्द हद्द मिलिसद्द हुँदैन जन्तु ।।
हुन्छौं हिरिक्क किन यी क्षण नाश शाली ।
ऐश्वर्यका उपर धर्म इमान फाली ।।१२७।।

यस्को त छैन धन यो छ धनी अपार ।
यो वृद्ध यो शिशु रहेछ भनी विचार ।।
गर्दैन काल उसको छ कठोर छाति ।
संहार गर्छसव का शिरमा समाती ।।१२८।।

प्यारा पदार्थ हरु हुन् सब दुःख मूल ।
भन्ने यथार्थ मतलाई सधैं न भूल ।।
इच्छा न राख उनमा परिणाम जान ।
आसक्ति छोड सखि हो ! यति वात मान ।।१२९।।

जुन् पाउँदा सुख मिल्यो दुइ चार घण्टा ।
तेस्को हिफाजत महाँ छ असाधेय टण्टा ।।
तेस्को विनाश जब भो त दुःख भार ।
पाशो वनिन्छ शिरको बहुतै अपार ।।१३०।।

यो दुर्दशाछ अनिवार्य शरीर लाई ।
भोगी रहेछ तर हाय ! यहीं रमाई ।।
यो मोह हो अति भयङ्कर-दुःखदायी ।
राखेर होस यस बाट बचौं डराई ।।१३१।।