भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रिक्सावाल / सविता गौतम दाहाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:50, 16 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सविता गौतम दाहाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


हजूरबुवाले ल्याएको चाकूको मिठास
रिक्साको भोपूँ आवाज
घर–आँगनसम्म फिजाउने
एउटा आम परिचय, रिक्सावाल ।

एक पटक, कुराएर मूलढोका
दिएथें एउटा कमेज, एक जोर चप्पल ।

रिक्सावाल !
तिम्रो आफ्नो धूरी
स्कूल जाने तिम्रा भूराभूरी
अन्न र तरकारी भरिएको भान्साकोठा
आङमा नच्यातिएको न्यानो
नफुटेका गोडा
ह्ेर्ने धोको, जवान भयो म सँगै
वूढो हदैछ ।

वनाउँछौ मन्दिरजस्तो छानो
टल्कने कागत सिगारेर
र सजाउँछौ रिक्सा
फुर्कैफुर्का हालेर
कहिले, कृतिम फूलले ह्यान्डल डाँठझै प्रतित हुन्छ
वर्षातमा पानीकागतको झिलिमिली
हेरेर रमाउनु, भावविभोर हुनुको मज्जा ।

आफूभन्दा लामो मैलो पतलून तिम्रो
पहेलो फेटा हरेराम लेखेको
मध्य गर्मी तिमीले लगाएको झ्याप्ले ज्याकेट
नचाँहदा नचाँहदै झस्काइरहन्छ
सफा नगरेको त्यो भयानक तिम्रो गोडाको घाऊ
देशजस्तै दुखिरहन्छ
बन्द हडतालको साँझ सापटीमा तिमीले पिएको मदीरा
बेला वेला न पिउने मलाई, मात लगाइरहन्छ ।

कहिले काँही तिम्रो रुखोपनमा
झर्किएको हूँला !
कहिले खुशी भएर पाँच–दश रुपैया बढीपनि
दिए हूँला !

म जन्मनुअगि
मेरी आमालाइ पुरयायौ अस्पताल
पहिलो पटक देश बाहिरजादाँ
तिमीलेनै पुरयायौ विमानस्थल
रिक्सा चढेर कहाँकहाँ पुुगे
स्कूल, कलेज, नाटकघर
बाटोको बाटै तिमी रिक्सावाल ।

रिक्सावाल !
तिमी सम्पन्न नागरीक वाँचेको दिन
क्रृतूअनूकल पहिरन पहिरेको दिन
तिम्रो पनाति र मेरो नाति एउटै स्कूल पढेको दिन
आह, कस्तो होला !

हेर्ने रहर छ
तनावमूक्त हँसिलो पेशामा रमाएको भोपूँ
जीवनप्रतिको प्रेममा डुब्न
खुला आकाश मुनि
यति कमाऊ कि राम्ररी बाँच्न पाऊ
भएर सम्मानित रिक्सावाल ।