भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

स्थिति / विप्लव प्रतीक

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:51, 16 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विप्लव प्रतीक |अनुवादक= |संग्रह= न...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


म हाँस्न सक्छु, म रुन सक्छु
घृणा गर्न सक्छु
माया पनि गर्न सक्छु
जीवनको गीत
गाउन सक्छु, नगाउन पनि सक्छु ।

साथीहरू भेट्न सक्छु
बैरीहरू भेट्न सक्छु
भेटेको चीज नभेट्न सक्छु
नभेटेको चीज खोज्न सक्छु
खुसी हुन सक्छु, रिसाउन पनि सक्छु
चाहेँ भने बाँड्न सक्छु
फेरि केही खोस्न पनि सक्छु
म सूर्य निल्न सक्छु
म जून झार्न सक्छु
तर, म कमजोर पनि छु
दम्भले म मात्तिन सक्छु
हीनताबोधले आत्तिन सक्छु
म के हुँ सोच्न सक्छु
आफैँलाई बिर्सिन पनि सक्छु
स्वतन्त्र हुन सक्छु
तर, पराधीन पनि हुन सक्छु
शक्ति यति प्रशस्त छ मसँग, थाहा पाउन सक्छु
शक्ति यति प्रशस्त छ मसँग, चाल नपाउन सक्छु

तर, कतै पनि ढल्किँदा
पहिरो जान सक्ने सम्भावनाचाहिँ
किन यथावत्रहिरहेछ ?
कुनै टाएउसिरान समात्दा
अर्को पुछारने्छुटश्रापचाहिँ
किन यथावत्, शाश्वत रहिरहेछ ?
यही सोचिरहेछु,

...नसोचिरहेको पनि हुन सक्छु ।