भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हाम्रो सुन्दर संसार थियो / दिनेश सुब्बा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:08, 8 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= दिनेश सुब्बा |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाई दियो
दुई मुटुको मिलन थियो, सपना जस्तै उडी गयो
अब हाम्रो माया, आकाश धर्ती हो

हरियाली बनपाखाको, भेट हाम्रो आलै थियो
चढाएको भाकल हाम्रो, देउरालीलाई थाहै थियो
कहिले हाँस्ने कहिले रुने, यस्तै हाम्रो माया थियो
तर हाम्रो माया दुई किनार भयो
चखेवाको जोडी जस्तै, हाम्रो माया उड्दै थियो
हुरी बतास चले पनि, दुई आत्माको जीत नै थियो
बिहानीको शीत जस्तै चोखो हाम्रो माया थियो
तर हाम्रो माया दुई किनार भयो

शब्द, संगीत – दिनेश सुब्बा
स्वर – रामकृष्ण ढकाल