भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अक्षरहरू / हिरा आकाश

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कुनै मालिकले
नोकरलाई
कोर्रै कोर्राले हिर्काएको
नीलडाम हो मेरो अक्षर ।

साहूको
जाली तमसुकले
लुटिएको
मोहियानी हो मेरो अक्षर ।

सबै कुरा पाएर पनि
सार्वभौमसत्ता गुमाएको
सिक्किमी जनता हो
मेरो अक्षर ।

मुक्तिका लागि
वर्षौंदेखि देश खोज्दै
लडिरहेको
प्यालेस्टिनी शरणार्थी हो
मेरो अक्षर ।

स्वयम्भूको डाँडो र
त्यसभन्दा पनि माथि
सगरमाथाबाट
चिच्याई भनिदिन्छु—
‘बाँच र बाँच्न देऊ’
जोडी मलेवा हो
मेरो अक्षर ।