अधीरता / गोपाल सिँह नेपाली / कुमार घिसिङ
(६६)
भर्खर – भर्खर पूर्वीय क्षितिजमा अरुण उषा मुस्कायो।
नदी, सरोवरमा, निर्झरमा आफ्नो छवि देखायो।।
वन – तरुवरका पात – पातमा मंजुल मर्मर गाउँदछ।
मन्द – मन्द वायु विपिनमा पल – पल बहन्छ।
(६७)
खुल्यो आँखा वनरानीको शरीर मर्कायो।
तरुमा नदेख्दा वनराजालाई मन अति डरायो।।
खोजी पात – पातमा, तैपनि नदेखी।
कता गए होलान्, यस बेला चोर जस्तो भई।
(६८)
उठी नीड़बाट मन बारी गरी, गई तरुवरमा।
ध्यान लगाई सुन्न लागे, रानीले पल्लवको मर्मरमा।।
अड़की – अड़की जाँदथे चरी सुनी केही सर – सर।
ध्यान लगाई सुन्न लागी ऊ, चराहरूको मृदु स्वर।।
(६९)
“निर्मल निर्झर, मेरो राजा जल पिउन आएथे।
बसी यहाँ आज तिनले मधुर गीत गाएथे।।
ए तरुवर, फल छानी – छानी प्रियतमले खाएथे।
अरू दिन जस्तै तिनले आज पनि मृदु फल देखाएथे।।
(७०)
ए सर – सरिता आज मेरो प्रियतमको तिमीले दर्शन पायौ।
ए सर – सरिता, आज परेथे, तिमीमा उनको छाया।।
ए पल्लव, जानु अघि केही तिमीलाई सुनायो।
मलाई छोड़ी कहाँ गए हरे; त्यो मेरो मनको माया।।
(७१)
“ए मालिन, प्रात: बेलादेखि यहाँ सुमन चान्दी थियौ।
“तिमी त वन – चरी दलको मधुर गीत सुन्दी थियौ।।
या मग्न बनी चिन्तामा मन – मनै गुनिरहन्थ्यौ।
या तिमी पनि कुनै ठाउँमा बसी, शीर समाई रुँदी थियौ।।
(७२)
कता गए, कहाँ हिंड़े, त्यो उपवनका राजा।
मन मारी किन, ए मेरो मालिन, मेरो मनको राजा।।
छाड़ी गए मलाई एकाकी, किन यस तनको राजा।
त्यागी गए किन, सारा वैभव यत्रो धनको राजा।।
(७३)
फुट्यो हृदयको बाँध अब त थाल्यो अश्रु – दल बग्न।
कोमल प्वाँखका सबै पखेटाहरू चुँड़ाई – चुँड़ाई थाल्यो पाल्न।।
हिक्क – हिक्क गर्दै; आँसु खसाली भन्न लागे एक्लै…।
“कसका लागि यो जगतमा यी सब पापिनी पहिरिनु।।
(७४)
त्तिकैमा आइपुगे राजा, उसित सोधे “के भयो?”
“फुटेको भाग्य लिई बसेकी छु, अर्को के हुन्थ्यो।।”
“गएको थिएँ फेरि आइहाल्दथें, यसरी रुनुपन के थियो।”
“नभनी यकुनै प्रणय काखबाट यसरी हराउनुपर्ने के थियो।।”