भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अन्तरतरङ्ग / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गतिको प्वाँखमा गुन्जिन्छ
चञ्चल मधुर धून, र
लयका तारमा नाच्दछ
सृष्टिको रङ्गीन चाल ।
 
सुनिन्छन्, देखिन्छन्
अडिन्छन्, छल्किन्छन्

ठोकिँदै, मिसिँदै
भेट्टिँदै, छुटिँदै
हिँडिरहन्छन् जगतमा निरन्तर
जीवनका मिश्रित तरङ्गहरू ।

जोगाइरहन्छन् धर्तीमा
धर्तीमा आउनेहरूका लागि बाँच्न चाहिने आधारहरू ।