भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अप्ठ्येरा यी बाटाहरू / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पर्खाइका पलहरू किन लम्बिदैछन्
अप्ठ्येरा यी बाटाहरू कहिले सम्मिने हुन्
 
कुर्दाकुर्दै चौतारीमा पात झरिसक्यो
निराशाका कति रात यसै टरिसक्यो
कसले च्यात्छ कालो बादल लगाउन गुन
अप्ठ्येरा यी बाटाहरू कहिले सम्मिने हुन्
 
बतासमा हताशको गन्ध मिसिइसक्यो
न्यानो खुसी परेलीमा त्यसै चिसिइसक्यो
कैले हाँस्ला उदासीमा अल्झिएको जून
अप्ठ्येरा यी बाटाहरू कहिले सम्मिने हुन् ?