भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अभियुक्त मान्छेको बदनाम कथा / प्रमोद स्नेही

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पृथ्वीको एउटै वृत्तमा
उभिएर आकाशको नीलो दहमा
पृथ्वीको धमिलो छायाँ
नियालिरहछे मान्छे ।

जीवनको उत्तरार्द्धमा
थुप्रै बाँकी रहेका
आफ्ना सपनाहरूलाई सलाम गर्दै
आफ्नै छायाँले बदनाम
गरेको कथा
खुलेअ‍ाम समयलाई सुनाउँदै
आफैँबाट बिरानो बन्दै
आफैँबाट रित्तो बन्दै गइरहेछ मान्छे ।
माररे आफ्ना एक एक
इच्छाहरू
अभियुक्त बनिरहछे मान्छे ।

भूमध्य रेखामा उभिएर
असजिला दिनहरूलाई आमन्त्रण
गर्दै
नेपथ्यतर्फ
आफ्नै परिचय हराएर
भाग्दैछ मान्छे ।

इतिहास कुल्चँदै अघि बढ्दैछ
मान्छे ।