भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
आऊ प्रिय एकछिन / गीता त्रिपाठी
Kavita Kosh से
चोखो प्रित रोज्न नयाँ गीत खोज्न
आऊ प्रिय एकछिन समयलाई रोक्न
भागौँ आज केहीपल कुनै दुनियाँमा
दुई दिल लिएर कतै एकान्तमा
यो रूखो आभासलाई अलिकति भुल्न
भागौँ आज प्रिय समयलाई छल्न
म आउँछु,तिमी आऊ कुनै ठाउँ तोकौँ
मभित्र, तिमीभित्रका पीरव्यथा पोखौँ
यो मनको उदासी अलिकति भुल्न
भागौँ आज प्रिय समयलाई छल्न