भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आधी ज्यान / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आधी ज्यान यहाँ मेरो मन उड्छ पारि
आफूमात्र एक्लै हाँस्यौ मेरो माया मारी
अर्काको जुनी बिगारी !

मन्दिरमा कसम खान्थ्यौ नछुट्टिने कत्तिकत्ति
लाग्यो होला तिमीलाई कठैबरी पाप जति !
जोडी हा“स हौँला भन्ने मुखले भन्दाखेरी
आफूमात्र पारि पुग्यौ मलाई वारि छाडी
अर्काको जुनी बिगारी !

धन मलाई चाहिँदैन मन भए पुग्छ भन्थ्यौ
तिम्रो आँसु देखेँ भने मेरो छाती दुख्छ भन्थ्यौ
सोझो मान्छे पत्याइदिएँ मोहजालमा परी
आफूमात्र टाढा पुग्यौ मलाई एक्लो पारी
अर्काको जुनी बिगारी !