भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आफ्नै परिधि फर्केर आँए / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


भावनाको दाह संस्कार गरेर
उहिल्यै फर्किएछौ तिमी ।

अन्जान, अनभिज्ञ म
रुन नसकेर तिमीलाई संझिएकी थिँए
पीडाको पर्वत एकैछिन विसाएर
तिमीसंग एक मूठी हाँसो
सापटीमा माग्न पुुगेकी थिँए
सारा आफन्त नसंझेर
केही पल
तिमीसित विनम्र माग्न पुगेकी थिए ।

चर्किएको छाति
मर्किएको गोडासंगै
खोच्चाउदै लामो हिडेर
तिम्रो चोक पुगेकी थिँए
भयंकर आँधीबाट गुज्रेर
लखतरान
कसो कसो तिम्रो मनको ओत
वर्षा नरोकीउन्जेल
माग्न चाहेकी थिएँ ।

मेरा वारीका विरुवा
अचानक ओइलाएको वह वाडन
आफ्नाले छरेको मन्द वीषको असर सुुनाउन
खोक्रो वनेको डाँठको तस्वीर देखाउन
तिमीनेर पुगेकी थिए ।

केही नसोधि, न चिया न पानी
न हालचाल, न यात्राको प्रयोजन
मुस्कुराएर वाटैवाट विदा गरयौ ।

आह !
अब लाग्छ मेरा निम्ति तिमी
पूर्णत ध्यानी
मायामोह मुक्त
समाधि अभ्यस्त ।

दिएर मुक्तिको शुभकामना तिमीलाई
आफ्नै परिधि फर्केर आए
जीवन –प्रकृति –मोक्ष आत्मसात गर्दै
चूपचाप रुझदै आए ।