भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आमाको मुख / अभि सुवेदी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कान उठाएर मृगले केही सुने जस्तो
आँखाहरुमा केही तरङ्ग दौडे जस्तो
ओठहरु हाँस्ताहाँस्तै अलपत्र बाटैमा अड्किए जस्तो
मायाँ गर्नेका गालामा
सानोतिनो चट्याङ् खसे जस्तो
क्षितिजमा कसैले बिहानै
म तन्द्रामै हुँदा केही लेखिसके जस्तो
एउटा मुरली, घाम र जुरेलीले यो पाखोमा
भ्ोला भएर केही गाइरहे जस्तो
आँखै खानेगरी चम्केका
बत्तु र पारी भरेका लुगा लाएका मान्छे
केही भेट्न खुसी र आतुरताले दौडेजस्तो
कहीँ कोही नभेट्न पनि
फोस्सामा यसै हिँडिरहे जस्तो
तार छिनेको गितार बोकेको केटा
कुनै पर्बकोनिम्ति सङ्गीत जोड्न
तार पसलतिर दौडेजस्तो,
केही सहनाइ, केही मुरली र तबला
केही धिमे र केही झ्याम्टाहरु
केही सारङ्गी, मादल र डिजेरिडुहरु
कहीँ गएर रिमिक्सको दोभानमा भेट्न
चुपचाप दौडेको देखेर
म टक्क अडिएँ अनि सोधेँ,
हे लोक हो, कहाँ पुग्न दौडेका हौ?
एकाएक एउटा साझा उत्तर
ससानो चक्रबात भैँ्क उठ्यो
एउटा इन्द्रेनीजस्तै
म्ण्डिखाटार र कपनको आकासमा टाँगियो
अनि उत्तर मिल्यो,
आमाको मुख हेर्न हिँडेको  !
झल्याँस्स सम्झेँ
मैले आमाको मुखको रुपान्तरण गरेको निकै समय भएछ,
मैले यतै कतै शब्दका कोणहरुमा
यतै कतै एक छिन गाएर बीचैमा छोडेको गीतमा
यतै कतै सोध्दा सोध्दा थाकेर बसेका यिनै ग्रन्थका चौतारीमा
तिम्रो मुख हेर्ने गरेको पनि निकै भएछ,
बालक छँदा, मतिर छायाँ र जृ्न मिलेर सर्र आउँदा
कुनै धुस्रेमुस्रे मान्छेले भाइ भनेर बोलाउँदा,
दाँत झरेकी बृध्दाले भर्खर झरीले भिजाएको
पखेरो जस्तै मलिन अनुहारमा
एक सप्को घाम ओरालेर मलाई 'बाबु, कता?' भन्दा,
अनि आकासले अनायास चित्त दुखाएर
गडीको जङ्गलमा बसी धुरुधुरु र्कँदा,
मैले जति 'काग दाजु!' भनेर
बोधिसत्व हुन एउटा पाकेको बरको दाना मागेर
बृक्षको फेदमा बुध्दै हुने गरि प्रतीक्षा गर्दा पनि
केही नचलेपछि, केही छायाँहरु कुइरोसँग उठेपछि
गाउँ र बजारभरि तिम्रो नाम पुकारेको सम्भि्कन्छु,
तिमीलाई बोलाउनेबित्तिकै
सबैमाथि मेरो जित
शीतको हुस्सेमाथि खसेको घामजस्तै
सर्र फैलेर आएको सम्भि्कन्छु,
यसरी म तिम्रो मुख संसारको ऐनामा हेर्थेँ,
पछि शहर पसेपछि तिम्रो मुख हेर्न म
काठ र प्रस्तर कुँदेको जगतमा
तिनै सम्बेदना, डर र खुसी मिसिएका
मेरा यात्राका बहा र चोकहरुमा
कुदेको कथा यस्तै अक्षरहरुमा
छिनाले कुँदेर राखेकै छु,
काठमाडौ महायात्रामा,
यो पृथ्बीको उत्तर र दक्षिण गोलार्ध्दका
अमृ्क थलहरुमा, अनि अनकौँ
बिरानीहरुमा पुगेको बेला
मैले त्यही लहड, शाहस र चिन्ताले
समुद्र, पहाड, मरभूमि र जङ्गलहरुमा तिम्रो मुख हेरेँ।
 
मैले देखेको तिम्रो अनुहार
फेरि फेरि मलाई आफनै मुक्तिको निम्ति
अनि अक्षरहरुमा मात्र कोरिँदा कोरिँदा
ढुङ्गावत् भएका मेरा समय र
मेरा आँखाहरुमा नयाँ जीवन दौडाउँनको निम्ति
फेरि फेरि हेर्ने रहर छ,
थाहा पाउँछु मेरो ठृ्लो शक्ति भन्नु
अझै पनि नथाकेका,े मायाँ टनाटन भरिएको
तिमीले नै दिएको यो एउटा मन रहेछ
जुन अहिले पनि तिम्रो
ज्योतिले बनेको झनेा मुख हेर्न पर्खिबसेको छ।
,,...,,
(आमाको मुख हेर्ने दिन, काठमाडौ २०६८)