आश्वासन / गोपाल सिँह नेपाली / कुमार घिसिङ
(१०९)
यस सुन्दर झिलमिल रजनीमा,सखी किन रुँदछौ।
यस्तो के व्यथा हुँदछ, तिमी व्याकुल हुँदछ्यौ।।
यो सुन्दर रंगलाई किन आँसुले धुँदछ्यौ।
भन! भन! ए कोकिल रानी, किन जीवन हराउँदछ्यौ।।
(११०)
नरौ सखी! यस रजनीमा, हेर चम्किने तारा।
भन्दछ कथा मधुर जीवनको, हर्दछ दु:ख सारा।।
नील गगनका मंजुल मोती लाग्दछ कति प्यारा।
कुन देशबाट आयौ रानी, जगको आज किनारा।।
(१११)
दु:खी भइरहिछ्यौ धेर बेरदेखि किन रेतीमा सखी।
खसाई – खसाई आँसुको मोती किन पार्दछ्यौ निधि खाली।।
सुनेर रोदन व्यथा हुँदछ, लाग्दछ रजनी काली।
नरौ, नरौ, चुप लाग सखी, बिहान खुल्दछ लाली।।
(११२)
सुनेर कुरा यो बुलबुलको रानी उससित बोली।
यति दिनपछि चुच्चो अब उसले सुखसित खोली।।
व्यथा कथाको सुनाउनलाई पहिले केही रोई।
सुँक्क! सुँक्क! गरी रोइसकेर केही हलुङ्गो भई।।
(११३)
बितेको कथा सुनाई उसले, दु:खले मन भरी रहेथे।
निक्लिरहेर आँखाबाट व्यथा बहिरहेथे।।
सुनेर त्यसलाई चुलवुली बुलबुलले, सुखको बाटो भुलिरहेथे।
दुवै अब गला मिलाई रोई रोई रहेथे।।
(११४)
भनी बुलबुलले – नरौ रानी, राजा तिमीले पाउनेछौ।
धीरज धर कहिले ता तिम्रो सुखमा सुमन खेल्नेछ।।
मलयानिलका मृदु स्पर्शले तिम्रो पात हल्लिनेछ।
मधुर प्रेमसित राजा आई तिमीलाई चुम्बन गर्नेछ।
(११५)
फेरि तिम्रो दिन पनि आउनेछ, यो मन हाँस्नेछ।
उजाड भएको जगतका नन्दन काननमा बस्नेछ।।
फेरि पनि अघिको प्रमोदमय जीवन मस्त हुनेछ।
फेरि पनि मदपूर्ण यौवनमा नन्दनवन हाँस्नेछ।
(११६)
हिंड रानी, मेरो घर जाऊँ, केही विश्राम हुनेछ।
एक दिन तिम्रो संसार फेरि हरा – भरा हुनेछ।।
नगर सोच केही दिनलाई तिम्रो हित हुनेछ।
तिम्रो राजाको रखवारी वसुन्धराले गर्नेछ।
(११७)
हामी दुवै मिलेर खोज्नेछौं, आफ्नो निधि पाउनेछौं।।
यसै जगतमा फेरि हरदम हामी मधुर गीत गाउनेछौं।
प्रेम रसका मीठा फल छानी – छानी खानेछौं।।
जीवनमा बितेका घड़ीहरू फेरि यहीं बोलाउनेछौं।