भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उज्यालोको चाहनामै / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

थाकिसकेँ जीवनदेखि हारेँ सबैसित
वेदनाको तुवाँलोले छायो मनभित्र
वैरी भई पन्छिए ती दिन्थे जस्ले साथ
उज्यालोको चाहनामै पर्‍यो जीवनरात
 
हृदयमा परेका छन् चोट कति थरी
थोपा बनी सजिएछन् आँसु गहभरि
गरेँ जीवनमा कति भूल छैन याद
उज्यालोको चाहनामै पर्‍यो जीवनरात
 
दिए धोका मानिसले मानिसलाई आज
छिप्यो खुसी मानिसको मानिसकै माझ
निभ्यो दीप हृदयको छोडी तातो राप
उज्यालोको चाहनामै पर्‍यो जीवनरात