भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
ए प्रणम्य ! / हरिभक्त कटुवाल
Kavita Kosh से
मेरो आँखाकी आकाशमा यसबेला मध्याह्न छ
तयहाँ ज्योतिपुञ्ज एउटा सूर्य जाज्वल्य छ – प्रदीप्त छ ।
म चीसो हिउँ हुँदा मेरो सूर्य मलाई पगालिदिन्छ
अनि पानी–पानी भएर बगिदिन्छु – गति पाउँछु
उसैको शाश्वत पंकाशले ममा प्राण भर्छ – चेतना दिन्छ
अनि फूलै–फूल भएर फक्रिदिन्छु – उत्सर्ग हुन्छु ।
मेरो आँखाको आकाशमा यसबेला मध्याह्न छ
त्यहाँ ज्योतिपुञ्ज एउटा सूर्य जाज्वल्य छ – प्रदीप्त छ ।
फाट्दै जान्छ बादल आकाशमा चाँदीको शुभ घेरा पार्दै
म स्वप्नद्रष्टा, उसैले सप्तरङ्गी सपना भरिदिन्छ
मेरा आँखाहरुमा
ए शाश्वत सत्य ! आलोकित भइरहूँ म अनन्त–अनन्तसम्म
र साकार भइरहून् मेरा सपना – ए प्रणम्य !
मेरो आँखाको आकाशमा यसबेला मध्याह्न छ
त्यहाँ जंयोतिपुञ्ज सूर्य जाज्वल्य छ – प्रदीप्त छ ।