एउटा एकान्त टेबलको अघि / नोर्देन रुम्बा
एउटा एकान्त टेबलको अघि
एउटा रित्तो गिलास एकान्त हेरेको
छेउमा म बसेको छु, ज्ञानु
तिमी कोही पनि हुन सक्छ
एक थोपा आँसुमा चिनिने
तिमी सायद त्यो मान्छे हुन सक्छौ
परबाट हिमाल हेर्ने
म वेदान्तको ‘व’ पनि नजान्ने भएँ
त्यो निश्चयलाई देखेको छैन मैले
टाई सुट लाएर हिँड्थ्यो
जो चौरस्तामा, चौकबजारमा
त्यो फ्रेल फरेनलाई आजकल
देख्दिनँ म सपनामा पनि
कहाँ गयो त्यो टोपी
युद्धतिर त होइन जरुर
कहाँ गयो त्यो हात
खै के भनूँ
मेसोपोटामिया भन्ने मान्छेहरू कता गए
बेबिलोनिया भन्ने मान्छेहरू कहाँ गए
सोच्दैछु, म तँलाई रिस हैन
आवेग होइन आवेश पनि होइन
म युद्ध एउटा आङ्ग134नै लड्दैछु
तर त्यो आत्महत्या होइन,
कालो गीत झर्दैछ
कालो आकाशबाट यो बिहान
त्यो मेमना हेर्ने मान्छे आएको छैन
पर्खेको छु
लामो केशमा आउला
केही खरानी लिएर
हातमा त्यही पगड48डी बोक्दै
जुन मलाई चाहिएको थियो
ऊ पनि त गरिब हो
नाजरथको बेतहलम्को
मलाई याद आउँदैछ कैलाबरी
साँचिनै कैलाबरी
अर्को ऊ क्रुस बोकेर किन जानु पर्यो
अर्को ऊ किन टाँगिनु पर्यो क्रुसमा
मेरो लागि तिम्रो लागि सबैको लागि
म सिद्धि प्राप्त भइनँ
र वचन पनि छैन
म एक थोपा आँसु हो
ताजमहलबाट झरेको
म रेखा प्रशस्त बग्ने रेखा
कहाँबाट शुरु गरुँ भन्दैछु जिन्दगी
कहाँबाट अन्त गरुँ जिन्दगी सोच्दैछु
खालि सोच्दैछु,
बादलहरू धेरै फिजिएर आकाशमा
रातोमा, निलोमा, देखेसम्मको
सबै रङ्गमा र कुनामा
जिन्दगी बुिझसकेँ
दुःखको जम्मै मुनामुनामा
बसेर सोच्दैछु,
मान्छे एक्लो प्रकृति एक्लो
घाम, जून, तारा सब एक्लो बाँचिरहेछ।