भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
एउटा कुरा म भन्छु / किरण खरेल
Kavita Kosh से
					
										
					
					एउटा कुरा म भन्छु तिमी लाज नमान है त 
तिमीलाई नियाली हेर्छु आँखा नचिम्ल है त !
बालक छँदै परीका कथाहरू म सुन्थेँ 
बादलसँगै उडेर एक रात मारी सुन्थेँ 
मेरी अप्सराको मैले अनुहार बनाएजस्तो 
यो रूप लाग्छ मैले उहिल्यै चिताएजस्तो 
एउटा कुरा म भन्छु तिमी लाज नमान है त !
तिम्रो यो हाँसो लाग्छ युगयुगदेखि सुनेको 
तिमीलाई लाग्छ पहिलो जन्मैदेखि चिनेको 
कहिल्यै नमर्ने मीठो अमृत पिएकोजस्तो 
आज छ मैले सिङ्गै संसार जितेको जस्तो 
एउटा कुरा म भन्छु तिमी लाज नमान है त !
 
	
	