भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा गीत लेखेर / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
एउटा गीत लेखेर मैले कैयौँ कथा अन्त्य गरेँ
मनभित्र चल्मलाएका सयौँ व्यथा शान्त गरेँ

रहरहरू उम्लिरहने न्याना ताता यौवनभरि
आगोजस्तै पोलिरहने व्यथै व्यथा सिरानभरि
आधा रातमा ब्यूँझिएर सबै सपना बन्द गरेँ
एउटा गीत लेखेर मैले कैयौँ कथा अन्त्य गरेँ

जताततै पीरहरूको टाटै टाटा यो मनभरि
खोलाजस्तै बगिरहने कथैकथा जीवनभरि
मौन रहेका भावना खै, कता कता व्यक्त गरेँ
एउटा गीत लेखेर मैले कैयौँ कथा अन्त्य गरेँ